१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

इटहरीमा संघर्ष समितिको विरोध सभा सम्पन्न [ फोटो ]



किरात समाचार । प्रदेश न.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले इटहरी चौकमा विरोध सभा गरेको छ । प्रदेशको नाम कोशी खारेजीको माग गर्दै संघर्ष समितिको आयोजनामा आइतबार विरोध सभा सम्पन्न गरेको हो ।

इटहरी उपमहानगरको बिभिन्न क्षेत्रबाट हजारौंको संख्यामा र्यालिसहित उपस्थित कार्यकर्ताले कोशी प्रदेश खारेज गर जस्ता  नाराबाजी गर्दै बजार परिक्रमा गरि इटहरीको मुख्य चौकमा आएर विरोध सभा गरेका थिए ।

विरोध सभामा लेखक खगेन्द्र संग्रौला , नेपाल आदिवासी जनजाति महासंघका पूर्व उपाध्यक्ष गोबिन्द छन्त्याल, जनमुक्ति पार्टी नेपालका नेता सन्जुहाङ पालुङ्वा , संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका रघुबिर सिंह ठगुन्ना , पहिचान सहितको प्रदेश न. १ पुनः नामाङकन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम , कियाचु महासचिव निरन्ति तुम्बापो,किराया अध्यक्ष जीवन हताचो लगायतले सभालाई सम्बोधन गरेको थिए ।

गत फागुन १७ गते प्रदेश सभाले प्रदेश नम्बर १ को नाम कोशी नामकरण गरेसंगै प्रदेश नम्बर १ अशान्त बनेको छ । संयुक्त संघर्ष समितिले कोशी खारेजीको माग राख्दै १ नम्बर प्रदेशमा चरणबद्ध आन्दोलनको कार्यक्रम गर्दै आइरहेको छ । संघर्ष समितिले भोलि वैशाख ११ गतेदेखि विराटनगर केन्द्रित शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १२ : ४३ बजे