२६ असार २०८२, बिहिबार | Fri Jul 11 2025

दुबईको लागि उडेको जहाज सुरक्षित गन्तव्यतर्फ प्रस्थान



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा अचानक इन्जिनमा आगलागी भएपछि आकाशमै फन्को मारिरहेका जहाज सुरक्षित आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत जहाज सुरक्षित रुपमा आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा ।’

जहाजमा १६९ जना यात्रु रहेको त्रिभुवन विमानस्थल स्रोतले बताएको छ । स्रोतका अनुसार इन्जिनमा आगलागी हुँदा आकाशमा घुमिरहेको जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ४ : ३८ बजे