५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

कोशी खारेजको माग गर्दै झापामा केपी ओलिलाई कालो झन्डा देखाइयो



बुद्धशान्ति  । नेकपा (एमाले)  का अध्यक्ष केपी शर्मा  ओलिलाई  प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कालो झन्डा देखाएका छन् ।

बुधबार झापाको बुद्धशान्तिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न आउने क्रममा अध्यक्ष ओलि र उनि सङ्गै आएका एमाले नेता सुबास चन्द्र नेम्बाङलाई संघर्ष समितिका कार्यकर्ताहरुले बुधबारे चोकमा नाराबाजी सहित कालो झन्डा देखाएका थिए ।

सो क्रममा प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा २ प्रहरी घाइते भएका छन् । घाइते हुनेमा ईलाका प्रहरी कार्यालय धुलाबारीका इन्चार्ज प्रहरी निरीक्षक अनिल मावोहाङ र सहायक हवल्दार सुविन राजबंशी रहेको जिल्ला प्रवक्ता डिएसपी खगेन्द्र रिजालले जनाएको छ ।

शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले संघर्ष समितिका दुइ जना आन्दोलनकारिलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा मित्र लिङ्देन र डेबिट राई रहेको संघर्ष समिति झापाका सदस्य सचीव सेसेहाङ फियाकले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १ : ४४ बजे