२९ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025

भालुटारस्थित शाखारहित बैंकिङ सेवाबाटै सेवाग्राहीले सुरक्षा भत्ता बुझ्दै



इलामको माङ्सेबुङ – ५ भालुटारस्थित सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडले शाखा रहित बैंकिङ सेवा संन्चालनमा ल्याएसंगै माङसेबुङका सेवाग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता बुझ्न सजिलो भएको छ ।

सिटिजन्स बैंकले ग्रामीण स्थलका बासिन्दाहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएसंगै सुरक्षा भत्ता बुझ्न सेवाग्राहीलाई सुबिधा भएको हो ।

सरकारले तीन तीन महिनामा वितरण गर्दै आइरहेको सामाजिक  सुरक्षा भत्ता बुझ्न माङ्सेबुङ – ३, मानपूरका बुद्धिबहादुर साम्बा लिम्बु र उनकी श्रीमती मनमोती लाओति बिहान ७ बजे घरबाट पैदल दुई घन्टा हिडेर भालुटारस्थित शाखा रहित बैंकबाट साम्बा दम्पतीले मंगलबार सुरक्षा भत्ता बुझेका छन ।

सेवाग्राहीहरुलाई सुरक्षा भत्ता लिन तपाईंहरुलाई कतिको सहज भएको छ ? भत्ता बुझ्न सास्ति बेहोर्नु भएको छ कि छैन भनेर किरात समाचारले सेवाग्राहीलाई प्रश्न गरेकोमा साम्बाले भने, ‘हामि जस्तो बुढाबुढीलाई माङ्सेबुङ गाउँपालिका केन्द्रमा रहेको सिटिजन्स बैंक र दमक पुग्न गार्हो हुने जेष्ठ नागरिक,असक्त, बृद्धहरुलाई गाउँमै बैंकबाट भत्ता बुझ्न सहज भएको बताएका थिए ।’

बिगतमा गाउँघरमै भत्ता बुझ्दै आएका अर्का सेवाग्राही बर्ष ८९ का माङ्सेबुङ – ५ चुनिया लारुम्बास्थित बस्दै आएका दिलबहादुर खालिङ राई  पाको उमेर भएकै कारण बैंकसम्म आइपुग्न कठिन भएको बताए । उनि पनि बिहान सात बजे सबैरै घरदेखि छोरा दिलबहादुर खालिङ राईको सहयोगमा तीन घन्टा पैदल हिडेर भत्ता बुझ्न आएको बताएका थिए ।

सरकारले  समाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली सुरु गरेको छ । सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउनको लागि बैंक पुगेको स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट भत्ता वितरण गर्ने निर्णय गरेको हो।

भालुटारमा सञ्चालित सिटिजन्स बैंकको उक्त शाखा रहित बैंकिङ सेवाका सञ्चालक मनोज सिवाकोटी र रिना सिवाकोटी दम्पती रहनुभएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : २५ बजे