१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

प्रदेशसभा सदस्य राना गृहजिल्ला माङसेबुङबाट लखेटिए



इलाम : नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेशसभा सदस्य रामबहादुर मगर राना गृहजिल्लाबाट लखेटिएका छन् ।

उनीमाथि आफ्नो निर्वाचन क्षेत्र मा आक्रमण भएको छ । एमाले जिल्ला कमिटि इलामको बैठकका लागि माङ्सेबुङ् जाँदै गरेका रानालाई माङ्सेबुङ गाउँपालिकामा  आक्रमण भएको प्रहरीले जनाएको छ ।

प्रदेश १ को नामाकरण राख्दा प्रदेशसभामा कोशी नामको प्रस्तावक रहेका रानालाई अज्ञातस्थलबाट ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलिप घिमिरेले बताए ।

आक्रमणबाट राना सवार गाडिको सिसा फुटेको छ । आक्रमणबाट राना सवार बा २ झ ३७३७ नम्बरको गाडिको अगाडि र पछाडीको सिसा फुटेको छ ।

दिउँसो १ बजे भएको घटनामा संलग्नको खोजी भइरहेको र सासंद राना सकुसल रहेको प्रहरीले जनाएको छ । आक्रमण पछि राम राना जिल्ला कमिटिको बैठकमा सहभागि नभइ दमक फर्किएका थिए ।

इलामको माङसेबुङ गाउँपालिकाको कार्यक्रममा जाने क्रममा पहिचानको आधारमा नामकरण हुनुपर्ने पक्षमा रहेकाहरुले आक्रमणको प्रयास गरेका थिए ।

रानालाई आज इलामको माङ्सेवुङ गाउँपालिकामा आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा जाँदै गर्दा वडा नं। ३ घर्तीदोभान नजिकै उनको गाडीमाथि ढुंगामुढा भएको हो ।

-केन्जो खबरबाट

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १ : ३६ बजे