१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

एमालेले पार्टीका केन्द्रीय सदस्य रानाको गाडी ढुंगामुढा गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण



काठमाडौं । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राम रानाको गाडी ढुंगामुढा गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संसदीय दलका उपनेता समेत रहेका रानालाई आज इलामको माङ्सेवुङ गाउँपालिकामा आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा जाँदै गर्दा वडा नं. ३ घर्तीदोभान नजिकै उनको गाडीमाथि ढुंगामुढा भएकोप्रति एमालेले भत्र्सना गर्दै हिंसात्मक गतिविधि गर्ने समूहमाथि कानूनी कारबाहीको माग गरेको छ ।

घटनामा संलग्नलाई तुरुन्तै पक्राउ गरी कारबाहीको माग गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टद्वारा विज्ञप्तिमा भनिएको छ ।

कोशी नामको विषयमा असन्तुष्ट समूहले रानामाथि ढुंगामुढा गरेका थिए । त्यसक्रममा उनी चढेको गाडीको सीसा फुटेको थियो ।

नेपालप्रेसबाट

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १ : ५२ बजे