इलाम : नेपाल आदिवासी जनजाति महासघं इलामको अध्यक्षमा चक्र येक्तेन (अभिषेक) निर्वाचित भएका छन् ।
महासंघको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष येक्तेन निर्वाचित भएका हुन् । येक्तेन सातौं जिल्ला अधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित भएका थिए ।
अधिवेशनबाट उपाध्यक्षत्रयमा नरबहादुर खवास, भक्त थामी र सावित्रा श्रेष्ठ निर्वाचित भएका छन । सचिवमा याम वाङ्देल, सहसचिवद्वयमा अर्जुन मगर र माङ्गा उराउ एवम् कोषाध्यक्षमा वालकुमारी देवान निर्वाचित भएका छन् ।
सदस्यहरुमा ङीमा दोर्जे शेर्पा, दिपक कुमाल, गंगा सुनुवार, दावा लाप्चा, छिकिन तामाङ, दिपक दनुवार, दिपक गुरुङ र इन्द्रकुमारफ योल्मो निर्वाचित भएका छन् ।