१ असार २०८१, शुक्रबार | Fri Jun 14 2024

याङवरकमा बन्यो पूर्ण खोप सुनिश्चित गाउँपालिका



पान्थरः पान्थरकाे याङवरक गाउँपालिका जिल्लाकै पहिलो खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । आज एक कार्यक्रमकाबीच जिल्लाकै पहिलो पहिलो खोप सुनिश्चित गाउँपालिका घोषणा भएको हो ।

पालिकाले जन्मे देखी ५ वर्ष सम्मका बालबालिकालाई सम्पुर्ण खोप दिसकेपछी पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको हो ।

१६ हजार ८ सय २१ जनसंख्या भएको गाउँपालिकामा ५ वर्ष मुनिका १ हजार १ सय ९२ र १५ महिना मुनिका ३ सय ४२ जना बच्चाहरु सबैको आवश्यक खोपको मात्रा पुरा भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लि रमण पाण्डेले जानकारी दिनुभयो । पुर्ण खोप सुनिश्चित पालिका घोषणा गर्दै जिल्ला खोप समन्वय समितिले गाउँपालिकालाई प्रमाण पत्र वितरण गरेको छ ।

चिन्तन खबरबाट,

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ४ : ५६ बजे