१० असार २०८१, आइतबार | Sun Jun 23 2024

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन



इलाम । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । सोमबार जसपाको केन्द्रीय कार्यालय सिंहदरवारमा बसेको बैठकले  यादवलाई संसदीय दलको नेताका रुपमा सर्वसम्मतिले चयन गरेको हो ।

यसअघि जसपाको संसदीय दलको नेता रामसहायप्रसाद यादव रहेका थिए । उनी उपराष्ट्रपति बनेपछि संसदीय दलको नेता को हुने भन्‍नेमा पार्टीमा आन्तरिक रुपमा छलफल भइरहेको यियो । गत वैशाख १० गते भएको प्रतिनिसभा सदस्‍यको  उप निर्वाचन यादव बारा-२ बाट सांसद जितेका थिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  १२ : ०० बजे