६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

युकेमा आप्लुङगेन ताङसेप चोमेन सेवा सम्पन्न



युके । किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा स्वीडन शहरमा संयुक्त रुपमा आप्लुङगेन्न ताङसेप चोमेन सेवा गत २० मे २०२३ का दिन सम्पन्न गरेको छ ।

विश्व शान्ति मानव एकता तथा चराचर सृष्टि रक्षार्थ  सेवा किरात साम्जिक मुन्धुम र खाजोङ अनुसार सम्पन्न भएको ज्ञानु फुरुम्बोले जानकारी दिए  ।

साम्दाङगेन वरुमसावा माङसेवा मंगल सिं लिङदेनको संयोजनमा युके भरिका माङसेवासाबा र माङसेवा सामाहरुको बृहत् उपस्थितिमा साम्जिक मुन्धुम बाचन गरिएको थियो । साक्मुरा वादेम्मा, युमामाङ, थेबामाङ, हिममाङ, अवामा र येत लाधुङ, नाम्धुङसेमी सेवा गरिएको थियो ।

प्रत्येक बर्ष हुने आप्लुङगेन्न ताङसेप चोमेन सेवा यस बर्ष पनि १० ओैं बार्षिक सेवा स्वीडन शहरमा सधै हुदै आएको ठाउँमा आयोजना गरिएको आयोजकले जनाएको छ । सेवा कार्यक्रममा युके भरिका किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थितिमा सेवा सम्पन्न भएको थियो ।

सेवा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको ब्यवस्थापन साथै आयोजनामा युके भरिका किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थितिमा सेवा सम्पन्न भएको थियो

 

 

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  १२ : ४४ बजे