६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

बिराटनगरबाट १७ जना पहिचान पक्षधर कार्यकर्ता पक्राउ



विराटनगर । प्रदेशको नाम कोशी खारेजको लागि आन्दोलनरत पहिचान पक्षधर १७ जना आन्दोलनकारीहरुलाई बिराटनगरबाट प्रहरीले बिहानै पक्राउ गरेको छ ।

प्रदेशसभाको बजेट अधिवेशन रोक्न प्रदेश सभा घेराउ गर्न भेला हुने क्रममा  बिराटनगरस्थित देवकोटा चौकबाट संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आदाङमा लगायत १४ जना र अस्पताल चौकबाट ३ जना आन्दोलनकारी  कार्यकर्तालाई प्रहरीले आज आइतबार बिहानै पक्राउ गरेको हो ।

यसैगरी गत फागुन १७ गते प्रदेशको नाम प्रदेश सभाले कोशी नामाकरण गरेसंगै प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यस्तै आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ४ : ०० बजे