१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

जेठ १७ गतेदेखि अनिश्चितकालिन आम हडताल गर्ने



दमक । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आम हडताल गर्ने चेतावनी दिएको छ ।

जेठ १५ गते आम हडताल गर्ने सम्बन्धी प्रेस विज्ञप्ति जारी गर्दै  जेठ १४ गते पक्राउ परेका नेताकार्यकर्ता जेठ १६ गते कार्यालय समय भित्रमा विना शर्त रिहाइ नगरेमा जेठ १७ गते बिहानदेखि अनिश्चितकालीन प्रदेश व्यापी आम हड्ताल गर्न बाध्य हुने चेतावनी दिएको हो । गत फागुन १७ गते छापामार शैलीमा  जातीय एकल नश्लीय (गोत्रीय) आधारको कोशी नाम जबरजस्ती राखिएपछि पहिचाबादीहरु आन्दोलनरत छ । आन्दोलनको क्रममा पदमकुमार लिम्बु ‘लाजेहाङ’ सहिद भइसकेको छ ।

प्रहरीले हालसम्म नछाडेका नेता कार्यकर्ताहरू

अशोक चेम्जोङ, खड्का लिम्बू, कुलप्रसाद लिम्बू सुक्रराज लिम्बू, सोना ओख्राबो लिम्बू, शंकर लिम्बू, जेबी साँबा, कमला चाम्लिङ राई, प्रमोद लिम्बू, छबिरमण सार्की, स्वर्णिमहाङ लिम्बू, दुर्गा प्रसाद मगर, बिजय बिक्रम लिम्बू, पदमबिक्रम लिम्बू, प्रदिप लिम्बू, खड्गबहादुर लिम्बू, रुद्रबहादुर तामाङ, भक्तबहादुर लिम्बू, कमलसिंह तिगेला, दौलतमान खेवा, कृष्णबहाुदुर कटुवाल, देवी नारायण लिम्बू, राष्ट्र राई, सुर्यमान लिम्बू, लेखराज थेबे, उपार्जन चाम्लिङ राई गिरफ्तारीमा परेका थिए ।


आन्दोलनको क्रममा घाइते भएका नेता/कार्यकर्ताहरू
(१) गणेश मिभक, मिक्लाजुङ, मोरङ, (२) सन्जय राई, खोटाङ, (३) भवानीबिक्रम शेर्मा, शिवसतासी, झापा, (४) सोनाहाङ राई बिर्तामोड, झापा, (५) असोक घिमिरे, दमक, झापा, (६) विकेश राई, चुलाचुली, इलाम, (७) प्रकाश लिम्बू, इलाम, (८) सामी पालुङ्वा, अर्जुनधारा, झापा, (९) चन्द्र कुमार राई, धरान, सुनसरी, (१०) नरेन्द्र लिम्बू, कमल, झापा, (११) किरण लिङदेन, झापा, (१२) चन्द्र साँवा, अर्जुनधारा, झापा, (१३) मनकुमार थेगिम, माइ न.पा. इलाम, (१४) योगेन्द्र पाकसाँवा, छथर, तेह्रथुम, (१५) खडक योङहाङ, महमाइ, इलाम, (१६) भिमराज लिम्बू मेयङलुङ, तेह्रथुम, (१७) प्रदीप नेयोङ, धरान, सुनसरी, (१८) अर्जुन राई, सुनसरी, (१९) सन्जय कुमार राई, सुनसरी, (२०) विनोद राई, इटहरी सुनसरी ।

Sewaropost

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १ : ५६ बजे