२६ असार २०८२, बिहिबार | Fri Jul 11 2025

पहिचान पक्षधर २६ जना आन्दोलनकारीहरु छुट्ने सहमति



बिराटनगर । प्रदेशको नाम कोशी खारेजी गर्नुपर्ने मागसहित बिराटनगरमा गरिएको प्रदर्शनमा पक्राउ परेका आन्दोलनकारीहरुलाई रिहाइ गर्ने सहमती भएको छ ।

मंगलबार प्रशासन र आन्दोलनरत पक्षबिच शान्तिपूर्ण कार्यक्रम गर्ने सहमति भएसंगै पक्राउ परेको २६ जना आन्दोलनकारीलाई रिहाई गर्ने सहमति भएको छ ।

जेठ १४ गते पक्राउ परेका २६ जना आन्दोलनकारी रिहाई हुने भएसँगै भोलि जेठ १७ गतेबाट आह्वान गरिएको प्रदेश ब्यापी अनिश्चितकालीन आम हड्ताल फिर्ता गरिएको किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेलीले जानकारी दिए ।

बिराटनगरको विभिन्न स्थानबाट आइतबार नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का उपाध्यक्ष अशोक चेम्जोङ लगायतका आन्दोलनकारी नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १२ : ०५ बजे