उर्लाबारी । कोशी प्रदेश सरकारले प्रदेश न. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिसंग वार्ता गर्नको लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
बुधबार आन्दोलनरत पहिचानवादी समूहसँग वार्ता गर्नका लागि खानेपानी, सिचाइ तथा उर्जा मन्त्री तिलकुमार मेन्यङ्वाेकाे नेतृत्वमा तीन सदस्य वार्ता टाेली गठन गरेको हो ।
वार्ता समिति सदस्यमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्तासमेत रहेका कृषिमन्त्री भक्तिप्रसाद सिटाैला रहेका छन् ।