३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

‘कोशी’ नामका प्रस्तावक रानालाई मोसो, उपसभामुख दनुवारमाथि दुर्व्यवहार



बिराटनगर । प्रदेशको नाम ‘कोशी’ नामका प्रस्तावक एमालेका उपनेता राम राना मगरलाई पहिचान पक्षधरले  मोसो दलेका छन् । प्रदेश १ पुन: नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले मगरलाई मोसो दलेको पुष्टि गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘आज ०८० जेठ २५ गते इ.न.पा–११ सोयाकमा कोशी प्रदेश नामका प्रस्तावक राम रानालाई करिब सवा सोयाकबासी जनताले सवा ११ बजेको समयमा अचानक भेटेपछि गाडीभित्रै एक बाल्टी पूरै कालो मोसो मोबिलले स्वागत गरी पठाइएको र उहाँ सवार सेतो गाडी पनि कालो मोबिलले रंगाएर सजाइ पठाइएको खबर छ।’

यस्तै, उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई समेत पहिचान पक्षधरले दुर्व्यवहार गरेका छन्। उनी सवार गाडी छेकेर आक्रमण प्रयास गरिएको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

गत फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचानपक्षधर सडक आन्दोलनमा उत्रिएका छन्। आन्दोलनले उग्ररूप लिन थालेपछि कोशी प्रदेश सरकारले बुधबार पहिचान पक्षधरको आन्दोलनको माग सुनुवाइ गर्नका निमित्त खानेपानी, सिचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङवोको संयोजकत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको छ।

तर, पहिचान पक्षधरले भने कोशी विधेयक खारेज गर्नुपर्ने र अल्पमतको सरकारसँग वार्ता नगर्ने अडान लिएको छ।

nayabulanda.com बाट

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  १० : ५६ बजे