तेह्रथुम जिल्लामा पहिचानको लागि युवा लाजेहाङ फोर्स गठन गरेको छ । शुक्रबार तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका पौठाकमा ३ सय १ जना रहेको युवा दस्ता गठन गरिएको बिराज आङ्देम्बेले जनाएको छ ।
त्यस्तै किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले समाजिक सन्जालमा लेखेका छन् , ‘प्रदेशको नाम कोशी खारेजि र ऐतिहासिक पृष्ठभुमि, सभ्यता र बहुपहिचानको आधारमा पुन: नामाङ्कन आन्दोलनलाई थप शान्तिपूर्ण,ब्यवस्थित, मर्यादित बनाउन आवश्यक परेको कारणले युवाशक्ति आवश्यक पर्यो ।’
पहिचानकाे लागि युवा अन्तर्गत लाजेहाङ फोर्सले मेन्छ्यायेमको विभिन्न ठाउँमा मार्च पास गरेको थियोे । त्यस्तै मार्च पाससहित श्रीजुङमा काेण सभा समेत गरिएको थियोे ।