४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

देउमाईमा बिरोध सभा



इलाम । प्रदेशको नाम कोशी खारेजको लागि इलामको देउमाई नगरपालिका ४ मंगलबारे बजारमा बिरोध सभा सम्पन्न भएको छ । सोमबार प्रदेश न.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति इलामको आयोजनामा कोशी खारेजीको माग गर्दै विरोध सभा सम्पन्न गरेको हो ।

देउमाईको मंगलबारेमा उपस्थित पहिचानवादी हजारौंको संख्यामा र्यालिसहित कोशी प्रदेश मुर्दावादको नाराबाजी गर्दै बजार परिक्रमा गरि मंगलबारे बजारको मुख्य चौकमा विरोध सभा गरेका थिए ।

विरोध सभामा किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेन , पहिचानवादी नेता सन्जुहाङ पालुङ्वा , पहिचान सहितको प्रदेश न. १ पुनः नामाङकन अभियान समिति अध्यक्ष डकेन्द्रसिंह थेगिम,किरात राई यायोक्खा उपाध्यक्ष तिलक राई , अर्जुन जम्नेली,केदार धिमाल, एकीकृत समाजवादीका हेमराज मोराहाङ , नेकपा माओवादी केन्द्र प्रदेश १ समिति सदस्य राम राई,नेपाली कांग्रेस देउमाई नगरपालिका सभापति तिलकुमार कार्की, जसपा इलाम अध्यक्ष हिकित तामाङ, सुकबिर थामी लगायतले सम्बोधन गरेका थिए ।

गत फागुन १७ गते प्रदेश सभाले प्रदेश नम्बर १ को नाम कोशी नामकरण गरेसंगै प्रदेश नम्बर १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले बहुपहिचानको आधारमा प्रदेशको पुनः नामाङकन  गर्नु पर्ने माग राख्दै चरणबद्ध आन्दोलनको कार्यक्रम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ६ : १३ बजे