३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

अविरल वर्षाका कारण ताप्लेजुङमा ४ जना वेपत्ता



ताप्लेजुङ। अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ताप्लेजुङमा ४ जना वेपत्ता भएका छन्।

प्रहरीका अनुसार सिदिङवा गाउँपालिका वडा नं ६ मेहेलेमा यादव बूढाक्षेत्रीका श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल वेपत्ता भएका छन् भने सोही स्थानका गणेश तामाङ समेत वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायक उपरीक्षक (डिएसपी) राजन लिम्बुले जानकारी दिए।

यस्तै वडा नं ३ अङ्खोपमा समेत ३ घर बाढीले बगाएको छ थप विवरण आउन बाँकी रहेको छ प्रहरीको भनाइ छ।
डिएसपी राजन लिम्बुका अनुसार वेपत्ता भएकाको चारै जनाको खोजी कार्य जारी छ।

Pathibhara प्रेस

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ३ : १४ बजे