बिराटनगर । कोशी प्रदेश सरकार र प्रदेश न.१ पुन नामाङकन संयुक्त संघर्ष समितिबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । सोमबार विराटनगरको विग होटलमा पाँच घन्टा बसेको वार्ता निष्कर्ष बिना नै सकिएको हो ।
सरकारद्वारा गठित टोलीका संयोजक तिलकुमार मेन्याङ्बोले नामकरणको विषय वस्तुमा प्रवेश गरेको बताउँदै पुनः छलफल हुने सहमति भएको बताए ।
गत ०७९ फागुन १७ गते कोशी नामकरण भएसँगै प्रदेशको नाम कोशी खारेजिको माग गर्दै आन्दोलन गर्दै आइरहेको छन् ।