२९ कार्तिक २०८१, बिहिबार | Thu Nov 14 2024

माङसेबुङ ३ मा बादर आतंक,किसान चिन्तित



माङसेबुङ । माङसेबुङ गाउँपालिका वडा नम्बर ३ का किसानहरू बाँदर आतंकबाट हैरान बनेका छन् । खेतबारीमा रोपेको बालि पाक्न थालेपछि  बाँदरले दुःख दिने गरेको किसानहरूको गुनासो छ । बाली पाक्न नपाउँदै बाँदरले सखाप पारिदिने कृषक अशोक राई बताउँछन् ।

पूर्णरुपमा बाँदर आतङ्क कसरी नियन्त्रण गर्ने भन्ने कुराले सधैँ पिरोलिरहने अर्का कृषक सन्तकुमार राईको भनाइ छ ।

अन्नबाली पाकेपछि भित्र्याउनका लागि नियमित रूपमा बाली नपाकुन्जेल बाँदर रुघ्न जानु पर्ने उनीहरू सुनाउँछन् । मकै पाक्ने समय हुनै लागका बेला गाउँलेहरु बारीमा मकै रुघ्न र बाँदर धपाउन व्यस्त छन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  २ : ३० बजे