६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मगर टोलमा खानेपानी ट्यांकी निर्माण सम्पन्न



माङसेबुङ। इलामको माङसेबुङ ५ स्थित मगर टोलमा खानेपानी ट्यांकी निर्माण सम्पन्न भएको छ ।

माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा बिनियोजन गरेको पाँच लाख बजेटबाट सो ट्यांकी निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष बलबहादुर केरुङले जानकारी दिए ।

पानी ट्यांकी निर्माण भएसँगै भालुटार पुच्छर (केरूङ टोल)  मगर टोललगायत आसपासका स्थानीयलाई खानेपानी सुविधा पुग्ने बताइएको छ ।

स्थानीय कुमारी मगरले भनिन् –‘पहिले खोनपानीको लागि आधा घण्टा परबाट बोकेर ल्याउनु पर्ने वाध्यता थियो । खोनपानी ट्यांकी बनेपछि घरमै पानी आएको छ । खुशी लागेको छ ।’

(केरुङ माङसेबुङ ५ मा हाल जारी ‘स्थानीय समाचार खोजी, लेखन र मल्टीमिडिया तालिम’मा सहभागी प्रशिक्षार्थी पत्रकार हुन् ।)

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ५ : ४६ बजे