६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मातृभाषा शिक्षक दरबन्दी अनुदानलाई निरन्तरता, केही वडामा अध्यापनमा सकस

नीति तथा कार्यक्रम



किरात समाचार । इलामको माङ्सेबुङ गाउँपालिकाकाले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेसंगै मातृभाषा शिक्षक दरबन्दी अनुदान कार्यक्रमलाई निरन्तरता दिएको छ ।

गाउँपालिका अध्यक्ष हेमन्त राइले गाउँपालिकाको १३ औं अधिवेशनमा प्रस्तुत गरेको नीति तथा कायक्रम शुक्रबार मातृभाषा शिक्षक दरबन्दी अनुदान कार्यक्रमलाई निरन्तरता दिने वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नीति तथा कार्यक्रममा मातृभाषामा पठनपाठन गराउने सामुदायिक, धार्मिक वा वैकल्पिक विद्यालयहरुलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अनुदान कार्यक्रमलाई निरन्तरता दिइएपनि माङसेबुङ गाउपालिकाका अधिकांश विद्यालयहरुमा मातृभाषा शिक्षाको पहल नगरिएको पाईएको छ ।

गाउपालिकाको १ नम्बर वडामा ६ ओटा सामुदायिक विद्यालय रहेपनि मातृभाषा अध्यान अध्यापन गर्न नसकेको वडा अध्यक्ष भुपाल योङहाङ बताउनुहुन्छ । योङहाङ थप्नुहुन्छ निति तथा कार्यक्रममा यसखाले कार्यक्रमको वजेट आएपनि यसको कार्यन्वयनमा समस्या देखिएको बताउछन ।

यस्तै वडा नं. २, ३ र ४ मा पनि मातृभाषा अध्यापन नभएको पाइएको छ । वडा ३ का अध्यक्ष लक्षुमन राईका अनुसार जातीय वाहुल्यताको आधारमा मातृभाषा अध्यापनका लागि सुरुवात भएको तर यसको निरन्तता दिन नसकेको दुखेसो गर्नुभयो । वडा ४ का अध्यक्ष नविन योङहाङले आफ्रनै क्षेत्रका विद्यायलमा मातृभाषा अध्यापनमा जोड दिन नसकेको बताउनु भयो । वडा ६ मा भने वान्तावा भाषा पठनपाठन भईरहेका अध्यक्ष प्रदिप साम्पाङले बताउनु भयो ।

निति तथा कार्यक्रममा मातृभाषा शिक्षक दरबन्दी अनुदान कार्यक्रमले वडा नं. ५ लाई थप राहत मिल्ने देखिएको छ ।
सो वडामा एक गुरुकुल शिक्षण हुने किरात साम्जीक मुन्धुम निसामहिममा दुईओटा गाउँपालिकाको दरबन्दीको निरन्तरता भएको प्रति प्रधानाध्यापक ललितचन्द्र फियाक आशावादी रहेको बताउछन् ।

वडाकै किरात साम्जीक युक्सिङ निसाहिम, श्री सरस्वती माध्यामिक विद्यालयको कक्षा ११ र १२ किरात लिम्बु भाषा अध्यान अध्यापन भईरहेको पाइएको छ भने सोही सरस्वती माध्यामिक विद्यालयको कक्षा नसरीदेखि कक्षा ८ सम्मको मातृभाषा पठनपाठनलाई भने निजी स्रोतले अध्यापन भईरहेको प्रधानाध्यापन हरिकुमार आङदेम्बे बताउनुहुन्छ । ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ४ : ४६ बजे