१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

पहिचानको आन्दोलन सफल बनाएरै छाड्छौ : बिष्णु भट्टराई



मोरङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय उपाध्यक्ष पहिचानवादी नेतृ  विष्णु भट्टराईले प्रदेश नं.१ मा चलिरहेको आन्दोलन सफल बनाएरै छाड्ने बताउनु भएको छ ।

शनिबार नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समिति (मोरङ)द्वारा आयोजित पाँच दिने सिप बिकास तालिम समापन कार्यक्रममा बोल्दै भट्टराईले सो कुरा बताएउनु भएको हो ।

कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘आफु (भट्टराई) जस्तै अनुहारले उत्पीडित समुदायको मुद्धा, पीडा नबुझेको र एकलौटी रुपमा शासन चलाउदै आएको कारण नेपालमा समस्या ग्रस्त भएको बताए ।’

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय उपाध्यक्ष समेत रहेकी भट्टराईले कोशी नाम विरुद्धको आन्दोलनमा आदिबासी जनजाति, प्रगतिशील खस÷आर्य, दलित, मधेशी, मुश्लिम लगायत सबै लाग्न आग्रह गर्नुभयो । भट्टराईले कोशी नाम विरुद्धको आन्दोलन सफल बनाएरै छाड्ने दाबी गर्नुभयो ।

 

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १ : ३१ बजे