पान्थर । पान्थरमा बाढी र पहिरोका कारण चार स्थानीय तहका ११९ घर परिवार प्रभावित भएका छन् ।
सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिरोका कारण जिल्लाका ११९ परिवारका ५७४ जना नागरिक प्रभावित बनेका हुन् । बाढी र पहिरोका कारण १४ घर पूर्ण रुपमा विस्थापित भएका छन् । पूर्ण विस्थापित हुने जिल्लावासीको संख्या ५९ छ ।
जिल्लाका ८६ घर बाढी पहिराको उच्च जोखिममा छन् । उच्च जोखिममा परेका ८६ परिवारका ४२५ जना नागरिक पनि विस्थापित बनेका छन् ।
बाढी पहिरोका कारण १९ घरमा आंशिक क्षति पुगेको छ, जसकारण ९० जना नागरिक प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए । जिल्लामा हाल कूल ५७४ नागरिक आफ्नो घरबाट विस्थापित बनेको प्रजिअ मंग्रातीले वताए ।
जिल्ला दैवी प्रकोप समितिले बाढी पहिरोका कारण विस्थापित सबै परिवारसम्म राहत सामग्री पु¥याएको छ । पूर्ण विस्थापित परिवारका लागि लामो समय उपयोग गर्न सकिने टेण्ट पनि जिल्ला आइपुगेको र वितरण थालिएको प्रजिअ मंग्रातीको जानकारी दिए ।
बाढीले ६ वटा पक्की पुल बगाए संगै एउटा बेलिब्रिज, ८ वटा झोलुङ्गे पुल र एउटा फलामको ट्रस्ट पनि बाढीले बगाएको छ । पुलहरुमा क्षति भएपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड, तमोर कोरिडोरको माझीटार–ताप्लेजुङ खण्ड, मध्यपहाडी लोकमार्गको ओयाम–च्याङथापू खण्ड अवरुद्ध भएका छन् भने दर्जनौं ग्रामीण सडकको सवारी आवागमन प्रभावित बनेको प्रजिअ मंग्रातीले जानकारी दिए ।
बाढी पहिरोले हालसम्म एउटा विद्यालय, ३ वटा गोठ, ४६ वटा चौपाया बगाएको तथ्याङ्क सङ्कलन भएको छ । बाढी पहिराका कारण जेसीबी मेसिन २ वटा, एउटा ट्रयाक्टर, एउटा मोटरसाइकल, एउटा स्काभेटर र एउटा क्रसर मेसिन पनि बगाएको प्रजिअ मंग्रातीले जानकारी दिए ।
साभारः चिन्तन खबर