२ असार २०८१, शनिबार | Sat Jun 15 2024

माङ्सेबुङको बार्‍हलाखेमा आगलागीले ८ घर जलेर नष्ट



माङ्सेबुङ । इलामको माङ्सेबुङ ५ बार्‍हलाखे माङमिक्तोक्ला टोलमा आगलागीले ८ घर जलेर नष्ट भएको छ । समिर चेम्जोङको घरबाट लागेको आगलागीले ८ घर जलेर नष्ट भइसकेको  स्थानीय सुमन लाओतीले जानकारी दिए ।

मंगलबार रातको २:०० बजेदेखि भएको आगलागीले जलेर घरहरु पूर्ण क्षति भएको छ । आगलागीले मानवीय क्षति भने नभएको बताइएको छ ।  स्थानीयहरुको सहभागितामा आगो निभाउने प्रयास भइरहेको बताएको छ । आगलागी अझैँ नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाकि छ । आगलागी के कारणले भएको खुल्न नसकेको बताइएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १० : ०८ बजे