२९ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025

पान्थरको हेंवा खोलामा पुनः यातायात अवरुद्ध



फिदिम । मेची राजमार्गअन्तर्गत पान्थरको हेंवा खोलामा पुनः यातायात अवरुद्ध बनेको छ ।

यातायात नियमित गर्न हिँजोबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गएराती आएको बाढीले क्षति पु¥याएपछि यातायात अवरुद्ध बनेको हो । हेंवा खोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो ।

बाढीले डाइभर्सनमा क्षति पु¥याएपछि यातायात सञ्चालन पूर्ण रुपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । प्रहरीले यातायात अवरुद्ध भएकाले मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्डमा सवारी सञ्चालन नगर्न सबैमा सचेत समेत गराएको छ ।

असार २ गते राती आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोला स्थित सडक पुल बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । यातायात अवरुद्ध भएपछि चार दिनको प्रयासमा डाइभर्सन निर्माण गरी हिँजो दिउँसोबाट सञ्चालनमा ल्याइएको थियो ।

पानीको बहाव घटेका कारण हिँजो दिउँसो २ बजेबाट राती १० बजेसम्म राजमार्ग सुचारु भएको थियो । प्रहरीले जोखिमलाई मध्यनजर गर्दै राती १० बजेबाट डाइभर्सनबाट सवारी सञ्चालनमा रोक लगाएको थियो ।

साभारः चिन्तन खबर

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ३ : ५२ बजे