२८ असार २०८२, शनिबार | Sun Jul 13 2025

पुर्वेली गीत ‘घुम्न जाँउला’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं । लोकप्रिय गायीका थोकफेला लिङदेन लिम्बू र मेरो भ्वाइस युनिभर्सको टप २० सम्म पुगेर चर्चा कमाएका गायक चोत्लुङहाङ केदेम लिम्बूको सुमधुर आवाजमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘घुम्न जाँउला’ सार्वजनिक गरिएको छ ।

गीतकार बिबस माबोहाङको शव्द संकलन तथा गायक तथा संगीतकार राजु आङदेम्बेको लय संकलन रहेको पुर्वेली गीत ‘घुम्न जाँउला’ सार्वजनिक गरिएको हो ।

थोकफेला लिङदेन र चोत्लुङहाङ केदेमले नै फिचरिङ गरेको भिडियोमा सुनिता किरातीको मेकअप र इशाक जबेगुको छायांकन तथा सम्पादन रहेको छ ।मनोज साङसोन राईको संगीत संयोजनमा किङ् स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन् ।

पान्थर र ताप्लेजुङको ऐतिहासिक तथा रमणीय स्थलहरुको बयाण गरिएको गीतको भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ४ : ०२ बजे