३० असार २०८२, सोमबार | Tue Jul 15 2025

हिक्मत कार्की नेतृत्वको सरकार ढल्यो



दमक : नेकपा एमाले नेतृत्वको हिक्मत कार्की मुख्यमन्त्री रहेको प्रदेश सरकार ढलेको छ । विश्वासको मत नपाएपछि कार्की नेतृत्वको सरकार ढलेको हो । सरकार ढलेसंगै कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रदेशसभामा ९३ सदस्यीय रहेको छ । कार्की नेतृत्व एमालेको ४० र राप्रपाका ६ गरी ४६ प्रदेशसभा सदस्यले मत दिए । उनलाई बहुमतको लागि ४७ मत आवश्यक थियो । उनको विपक्षमा ४३ मत परेको छ । नेपाली कांग्रेसका, माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गरे ।

९३ रहेको प्रदेशसभा सदस्य रहेको बैठकमा ८९ सदस्यमात्र उपस्थित थिए । जनता समाजवादी पार्टी (जसपा)की प्रदेशसभा सदस्य निर्मला लिम्बुसँगै माओवादी केन्द्र र नेपाली कांग्रेसका  सांसद अनुपस्थित रहेका थिए ।

२०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि २४ पुसमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १ : २७ बजे