२९ कार्तिक २०८१, बिहिबार | Thu Nov 14 2024

इन्द्र आङ्बो नेतृत्वको नयाँ सरकार गठनको तयारी



बिराटनगर  । कोशी प्रदेशमा हिक्मत कार्की नेतृत्वको सरकार ढलेको छ । कार्की नेतृत्वको सरकार ढलेसंगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ ।

शुक्रबार कार्कीले प्रस्ताव गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ४६ मत खसेपछि कार्की सरकार ढलेको हो ।सरकार ढलेसँगै गठबन्धन दल नयाँ सरकार गठनका लागि छलफलमा जुटेका छन् । सरकार गठनको लागि प्रदेश प्रमुखले आह्वान गरेसंगै गठबन्धन दलले दाबी गर्ने भएको छ ।

एक नेताका अनुसार नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा सरकार गठनका लागि गठबन्धनले तयारी गरेको छ । ति नेताले भने– ‘नयाँ सरकार गठनका सन्दर्भमा गठबन्धन दलबीच आधारभूत रूपमा सहमति भएको छ । अहिलेकै सन्दर्भमा आङ्बोजीको नेतृत्वमा सरकार गठन गर्ने आधारभूत सहमति जुटेको छ । तर, यो फाइनल भने होइन ।’

आङ्बोको नेतृत्वमा सरकार गठन हुने अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दा तटस्थ बसेको जनता समााजवादी पार्टी (जसपा)ले समर्थन गर्ने बुझिएको छ । त्यसै गरी, मुख्यमन्त्रीमा आलोपालो हुने अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत समर्थन गर्न सक्ने बुझिएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  १२ : २६ बजे