दमक । पहिचानवादीहरुले बिर्तामोड नगरपालिकाको साईन बोर्डमा कोशी प्रदेश लेखिएको मेटाएका छन् ।
आइतबार पहिचान पक्षधरहरूले कोशी लेखिएको ठाउँमा कालो रंगले पोतेर १ नं. प्रदेश लेखेका हुन । कालो झण्डासहित आएका पहिचानवादीहरुले बोर्डमा लेखिएको कोशी प्रदेश मेटाएरका हुन् ।
प्रदेशको नाम कोशी खारेज गर , पहिचान बिरोधि होसियार , कोशी प्रदेश मान्दैनौं जस्ता नाराबाजी लगाएका थिए ।
गत फागुन १७ गते प्रदेश सभाले प्रदेश १ को नाम कोशी नामाकरण राखेसंगै पहिचान पक्षधरले प्रदेश न १ पुनः नामङकन संयुक्त संघर्ष समिति गठन गरेर कोशी प्रदेश नाम विरुद्ध आन्दोलन गर्दै आइरहेको छन ।