२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

ताप्लेजुङमा पहिचानको लागि युवा घोषणा कार्यक्रम ( फोटोफिचर )



ताप्लेजुङ । पहिचानको आन्दोलन सशक्त बनाउनको लागि ताप्लेजुङमा पहिचानको लागि युवा गठन गरिएको छ । बिहीबार ताप्लेजुङको सिटि सभाहलमा जिल्लाको विभिन्न गाउँपालिकाबाट भेला भएको पहिचानवादी युवाहरुले कार्यक्रमको आयोजना गरी नविन पोमुको संयोजकत्वमा ५०१  सदस्यीय युवा दस्ता घोषणा गरिएको हो ।

कार्यक्रममा पहिचान सहितको प्रदेश १ पुनः नामाङकन अभियान  अध्यक्ष डकेन्द्रसिंह थेगिम, राष्ट्रिय जनमुक्ति पार्टी छ घटकका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, नेकपा एकीकृत समाजवादीका नेता कृष्ण चोङ्वाङ, नागरिक उन्मुक्ति पार्टी एकीकृत उपाध्यक्ष इन्दिरा मेन्याङबो , जनता समाजवादी पार्टि नेपाल, लिम्बुवान राष्ट्रिय समिती मुख्य सचिब केदार धिमाल, किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष मधु केरुङ, पहिचानको लागि युवाका सहसंयोजक बिराज आङ्देम्बे, सदस्य सचिब साहस राई लगायतको उपस्थिति रहेको थियोे ।

पहिचानवादीहरुको हजारौंको उपस्थितिमा र्यालिसहित कोशि प्रदेश नाम मान्दैनौ, कोशी प्रदेश नाम मुर्दाबाद जस्ता नाराबाजी गर्दै युवा दस्ताहरुले फुङलिङ बजार  मार्चपास सहित परिक्रमा गरेका थिए  ।

कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई सशक्त बनाउने उद्देश्यका साथ गाउँदेखि सहरसम्म पहिचानको लागि युवा गठन गरिएको हो । त्यस्तै युवा दस्ताले कोशी नामकरण खारेजीको आन्दोलनलाई व्यवस्थित र सशक्त बनाउन स्वयम्सेवकको भूमिका निर्वाह गर्नेछ ।

तस्बिर : केदार धिमालको फेसबुकबाट

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ११ : ०५ बजे