२ असार २०८२, सोमबार | Mon Jun 16 2025

ओखलढुंगामा ताराहाङ राईको संयोजकत्वमा १ सय ५१ सदस्यीय पहिचानको लागि युवा घोषणा



दमक । पहिचानको आन्दोलन सशक्त बनाउनको लागि ओखलढुंगामा  पहिचानको लागि युवा गठन गरिएको छ । शनिबार ताराहाङ राईको संयोजकत्वमा १ सय ५१ सदस्यीय पहिचानको लागि युवा घोषणा गरिएको हो ।

कार्यक्रममा नेपाल आदिवासी महासंघका निवर्तमान उपाध्यक्ष गोबिन्द छन्त्याल, पुर्व महासचिव आङ्काजी शेर्पा, किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापो ,किरात राई यायोक्खा उपमहासचिव अर्जुन जम्नेली लगायतको उपस्थिति रहेको थियोे ।

सदरमुकाम ओखलढुंगामा पहिचानवादीहरुले र्यालिसहित बजारक्षेत्र परीक्रमाको क्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा रहेका कोशी प्रदेश लेखिएको अक्षर मेटाईएका छन् ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ९ : ५९ बजे