३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

खस क्षेत्री युवा मञ्चको अध्यक्ष अशोक क्षेत्रीमाथि आक्रमणको प्रयास



दमक । खस क्षेत्री युवा मञ्चको अध्यक्ष अशोक क्षेत्रीमाथि आइतबार आज बेलडाँगी रोडमा आक्रमणको प्रयास भएको छ । बेलडाँगीबाट दमक चोकतर्फ जादैगर्दा अज्ञात व्याक्तीहरुले बाटो छेकि गालिगलौज गर्दै ज्यानमार्ने धम्की दिएको क्षेत्रीले किरात समाचारलाई जानकारी दिए ।

उनले समाजिक सन्जालमा लेखेका छन,’ केही समयदेखी प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा म माथी आक्रमण तथा विभिन्न षड्यन्त्र बुन्ने बुनाउने कार्य भएको महसुस र सुन्नमा आएको र, अज्ञात ब्यक्तिहरुबाट आज भर्खरै झापाको दमक बेलडाँगीबाट दमक चोक झर्ने क्रममा ४ ओटा मोटरसाइकलले छेकी अनैतिक गालिगलौज तथा ज्यानमार्ने खालको अभिव्यक्तिले मेरो ध्यानाकर्षण भएको छ ।’

त्यस्तै उनले थप लेखेका छन् , ‘यदि यो ज्यान समुदायको लागि पहिचानको निम्ति बलिदान दिनु नै पर्छ भने म तयार छु । र, समग्र पहिचानवादी योध्दा मित्रहरु सहिद हुन सधै तप्पर रहन्छ भन्ने चेतना रहोस समग्र सबैमा जानकार रहोस यो ध्यानाकर्षण गराउन चाहान्छु ।’

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ४ : ४२ बजे