१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु , एकजना बेपत्ता



दमक । काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ ।

सोलुखुम्बुको सुर्केबाट  बिहान ९ : ५२ मा  उडेको मनाङ एयरको नाइन एन – एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५  लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिइन् ।

क्याप्टेन चेत गुरुङले हेलिकोप्टर उडाएका थिए । हेलिकोप्टरमा क्याप्टेनबाहेक ५ जना विदेशी रहेको लुक्ला विमानस्थलका एटीसी अफिसर सागर कँडेलले जानकारी दिए । दुर्घटनामा ५ जनाको शव भेटिएको छ । उनिहरुको पहिचान हुन बाकी रहेको उद्दारकार्यमा खटिएको नेपाल प्रहरीले बताएको छ । र, अझै एकजना बेपत्ता रहेको र खोजिकार्य भैरहेको  जनाइएको छ । घटना के कारणले भएको अझै खुल्न सकेको छैन।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ८ : ३५ बजे