३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको  निधन भएको छ । उनको आज बुधबार  बिहान ८ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई आज बिहान नर्भिक  अस्पताल लगिएको थियो । अस्पताल स्रोतका अनुसार प्रचण्ड पत्नि सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ३ : ४५ बजे