सुनसरी । सप्तकोशीको पुलबाट शुक्रबार ट्रक नदीमा खसेको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बससंग सप्तकोशी नदीको पुलमा बिहान ७ : ४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो ।
सप्तकोशी नदीको पुलमा ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जनाएको छ ।
ट्रक बार भत्काउँदै नदीमा खसेको हो । कोशीमा खसेको ट्रकमा सवार रहेका ३ जनाको सकुशल उद्धार गरिएको राईले बताए । प्रहरी टोलीले डोरी टाँगेर ट्रकमा सवार रहेकाहरुको उद्धार गरेको हो ।