दमक । झापामा चार्जमा रहेको मोबाइल फोन उठाउनेक्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका १ स्थित टुनुबस्तीकी ५५ वर्षीया शिला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिहीबार दिउँसो खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाइलमा फोन उठाउने क्रममा उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीको अनुसार खेतमा काम गरेर घर फर्केको अवस्थामा चिसो हातले मोबाइल फोन छुँदा करेन्ट लागेको जनाइएको छ । मृतकको शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल लगी परिवारजनलाई शव जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।