२ असार २०८२, सोमबार | Mon Jun 16 2025

आज सिसेक्पा तङ्नाम मनाइदै



इलाम । आज संसारभर नेपालीहरुले साउने संक्राती मनाउदैछन् । साउन १ गतेका दिन मनाईने चाडलाई किरात याक्थुङ लिम्बुले सिसेक्पा तङनाम, थारुले गुरही पर्व, लुतो फाल्ने दिनको रुपमा विभिन्न समुदायले फरकफरक नाम र तरीकाले मनाइन्दै आएको छ ।

आजैदेखी दक्षिणयान सुरु हुन्छ । असार महिनाभरी खेतिपाती गर्दा हिलो मैलोले छाला सम्बन्धि विभिन्न रोग लाग्ने भएकोले रोग निको पार्न लुतो फाल्ने गरिएको विश्वास गरिन्छ ।
साउने संक्राती चाड रोगव्याधी, अनिकाल खेदाउने सहकाल बोलाउने महान चाडकोरुपमा मान्ने गरिन्छ ।

साउने संक्रातीको दिन गाऊघरमा अन्न र फलफूल, मकै, खुर्सानी, बरपीपलको पातहरु बाबियोको डोरीमा लहरै तुनेर मूल ढोकामाथि झुन्डयाइन्छ । र, बेलुका मिठोमिठो खानेकुरा खाईसकेपछि दियालो बालेर घरका कुनाकाप्चामा नाङ्लो ठटाउँदै बाहिर निस्केर अगुल्ठो र नाङ्लो घर बाहिर फ्याक्ने गरिन्छ । यसो गर्नाले अनिकाल खेदाउने र सहकाल आउने जनविश्वास रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  २ : २४ बजे