मंगलबार किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य चन्द्रकला लिम्बुले विधिवत रुपमा स्थापना गरिएको सिलाम् साक्माको अनावरण गर्नु भएको थियो ।
पृथ्वीदेखी माथिका देवलोकमा, पृथ्वीलोक,आत्मालोक,आकाशलोक, न्यायलोक, सत्यलोक, उज्ज्वललोक, तपलोक,पवित्रलोक बैकुण्ठलोक रहेका छन् । त्यसलाई लिम्बु समुदायमा जन्मदेखी मृत्यु सम्म विभिन्न तिनै नौ लोक का आधारमा सस्कार मनाईने परम्परा रहेको छ । यिनै नौ ग्रहको पुजा गर्ने विधिविधान रहेको र तिनै नौ ग्रहलाई एकमुष्ट भन्दा सिलाम् साक्मा नामले बोलाउने गरिएको किराँत याक्थुमङका प्रमुख सल्लाकार सुर्य प्रसाद लिम्बुले बताउनु भयो ।
लिम्बुजातिको मुन्धुम अनुसार सत्यलोकदेखी माथितिर उज्ज्वललोक छ । उज्ज्वललोक देखी माथी तिर तपलोक छ र तपलोक देखी माथी पवित्रलोक रहेको विश्वस गरिन्छ ।x
त्यस्तै तपलोक देखी माथी पवित्रलोक , पवित्रलोक देखी माथी बैकुण्ठलोक,बैकुण्ठलोक देखी माथी तागेरा निङवाफुमामाङ विराजमान रहनु भएको छ भने बैकुण्ठलोक देखी माथी अरु कुनै लोक नरहेको विश्वस गरिएको छ । सिलाम् साक्मा भएको स्थानमा कुनै पनि गलत काम हुदैन भन्ने जनविश्वस समेत रहेको लिम्बुले बताउनु भयो ।
सिलाम् साक्मा निर्माण समितिका अध्यक्ष गोपाल साम्राको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किराँत याक्थुमङका गाउँ देखी केन्द्र सम्मका दुई दर्जन भन्दा बढी नेताहरुको उपस्थिती रहेको थियो ।