माङसेबुङ । किरात पर्व सिसेक्पा तङनामको अवसरमा गुरुनिजि आश्रममा जलपान कार्यक्रम गरिएको छ । विगतका वर्षझै यस वर्ष पनि किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्युहरुले सिसेक्पा तङनामको अवसरमा सम्पूर्ण भक्तजनहरुलाई निमन्त्रणा गरि जलपान कार्यक्रमको आयोजना गर्नुभएको थियो ।
इलामको माङसेबुङ ५ मा अवस्थित निजी गुरु आश्रममा मंगलबार मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङको समुपस्थितीमा सिसेक्पा तङनाम विशेष जलपान कार्यक्रममा भक्तजनहरुले माङप्रसाद ग्रहण गरेका थिए । सो जलपान कार्यक्रममा गुरु आश्रममा सुरु भइरहेको खेतीपातिमा जन परिचालन विषयमा छलफल गरिएको गुरु निजी आश्रम कृषि समितिका सचिव उदय विक्रम तुम्बापोले जानकारी दिनु भयो ।
कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, गुरु निजी आश्रम कृषि तथा भौतिक निर्माण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष तारावीर नेम्बाङ लगायत माङसेबुङ परिसरका १६ वटै टोल अध्यक्षहरु सहित किरात धर्मावलम्बीहरुको उपस्थित रहेको थियो ।
मुजोत्लुङ माङहीममा सेवा
किरात पर्व सिसेक्पा तङनामको अवसरमा आइतबार किरात हाङसाम मुजोत्लुङ माङहिममा सावायेत नाम्धुङ लाधुङसेमी सेवा आयोजना गरिएको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भयो ।
२०८० सालको असार मसान्त उभौली पर्वको अन्तिम दिन भएकोले खिबेक्वा सेवा उभौली पर्वलाई विदाइ साथै मुवेक्वा सेवा उधौली पर्व समयको आगमनलाई स्वागतको रुपमा सेवा आयोजना गरिएको किरात हाङ्साम मुजोत्लुङ माङहिमका तुम माङसेवासाबा मानबहादुर खपाङगी मगरले बताउनु भयो । तुम माङसेवासाबा मानबहादुर खपाङगी मगरका अनुसार सिसेक्पा तङनाम ९साउने संक्रान्ती० को अवसरमा सावायेतहाङ किरात तथा विश्व मानव समुदाय लगायत चराचर सृष्टिको रक्षार्थ र विश्व शान्ति मानव एकताको लागि सावायेत नाम्धुङ लाधुङ सेमी सेवा आयोजना गरिएको हो ।