२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

कक्षा १२ को परीक्षाको नतिजा साउनमै सार्वजनिक गर्ने तयारी



काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा यही साउनमा सार्वजनिक गर्ने भएको छ। गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले साउन महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले साउन महिनाभित्रै कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए । देशभरका १ हजार ४ सय ५७ परीक्षा केन्द्रबाट करिब ४ लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिएका थिए। बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ५ : १२ बजे