३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

किरात साम्यो नालीफूङवा पान्जुम्भोको २३ औं स्थापना दिवस मनाइँदै



माङसेबुङ । इलामको माङसेबुङमा यही साउन १९ गते किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको स्थापना दिवस मनाइने भएको छ । विगतको बर्षझै यस बर्ष पनि नालीफूङवाको स्थापना दिवस मनाउन लागिएको किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका केन्द्रिय अध्यक्ष पृथिमान खालिङ राईले जानकारी दिए ।

गत असार ३० गते केन्द्रिय कार्यालयमा बसेको समितिको बैठकको निर्णय अनुसार नालीफूङवा पान्जुम्भोको २३ औं स्थापना दिवस विविध कार्यक्रमकासाथ नालीफूङवाहरुको व्यापक सहभागितामा मनाउने तयारीमा जुटेको पान्जुम्भोको अध्यक्ष खालीङले बताए ।

नालीफूङवा संगठनको परिचय
मानव एउटा सामाजिक प्राणी हो । हरेक वस्तुहरुको मूल्य र मान्यताको तुलना यिनै मानव समुदायले गर्दछन । व्यक्तिबाट परिवार र परिवारबाट समाजको रुपान्तरण भएको हुन्छ । व्यक्ति, परिवार र समाजलाई दिगो तथा निरन्तर रुपमा सञ्चालन गर्नका लागि हरेक पक्षले अहम भुमिका निर्वाह गरेको हुन्छ । यसमा पनि मानवलाई सही दिशानिर्देश गर्न तथा सभ्य समाज निर्माणको लागि संस्कार र संस्कृतिको सबै भन्दा महत्वपूर्ण जिम्मेवारिता हुन्छ ।

धार्मिक दृष्टिकोणले मानवीय मूल्य र मान्यताहरु एउटै हुन्छ । यद्यपि मानव समुदायले इश्वर (माङ)लाई खोज्ने बाटो र इश्वरलाई बोलाउने भाषाहरु फरक–फरक हुन्छन् । मानवीय मूल्य मान्यता धार्मिक दृष्टि र सृष्टि एउटै भएता पनि हिसावले सृष्टिदेखि नै विभिन्न समुदाय, जातजाति र समुदायमा विभाजित भएर बसेको हुन्छ । यसरी नै उनीहरुको धर्म, संस्कार, संस्कृति, इतिहास, भाषा, लिपी, साहित्य र अस्तित्व फरक पहिचानहरु बेग्ला–बेग्लै हुन्छ ।

किरात समुदायले प्राचीन सृष्टिदेखिनै वेगल, संस्कार संस्कृति, इतिहास, भाषा, लिपी, साहित्य र अस्तित्व पहिचान लिएर संसारको विभिन्न भागमा बसोबास गर्दै सत्यतथ्य हो यसमा कसैको मत भिन्नता छैन । तसर्थ मानव इतिहासको लामो कालखण्डसंगै संस्कार, संस्कृतिहरु विभिन्न कारणबाट विकृति विसंगतिमा परिणत हुँदै आएको कुरा पनि तितो सत्य हो । यहीँ विकृति र विसंगतिको पछि जब मानवहरु लाग्छन तव उनीहरु अन्धकारमा हराउन पुग्छन, असभ्य तथा जङ्गली अवस्थामा पुग्छन् ।

वास्तवमा भन्ने हो भन्ने हो भने किरात समाजहरु यस्तै अवस्थामा गुज्रिरहेको थियो । किरात समुदायको उद्योगतिमा अझ हरेक क्षेत्रबाट संस्कार, संस्कृति माथी हमला हुँदै आयो । अन्तत किरात समुदाय नै विश्वको मानचित्रबाट लोप हुन् लागेको थियो । किरात समाजको यस्तो अवस्थामा वि.स. १९४२ कातिक २५ गते आइतबारको दिन मुहिङ्गुम अङ्सीमाङ् लिङ्देन फलामसिं÷सत्यहाङमा फाल्गुनन्दको किरात कुलमा जन्मिनु भयो । मुहिङ्गुम अङ्सीमाङ् फाल्गुनन्दले किरात समाजलाई सु–मार्गमा डो¥याउन अवस्था सभ्य समाजमा रुपान्तरण गर्नका लागि किरात धर्म दर्शनको मूल स्रोत किरात साम्जिक मुन्धुम प्रतिपादन गर्नु भयो । यस कार्यलाई किरात समुदायसम्म पु¥याउन वहाँ नै प्रयोगात्मक ढंगले सेवा पूजा साथै किरात धर्म प्रचार प्रसार गर्दै हिड्नु भयो । वहाँले नै इश्वरको पूजाआजा गर्ने भक्तजनहरुको दुःख पीडाबारे माङ् सामु विन्ती चढाउँने कार्यको सुत्रपात गर्नु भयो । यहीँ कार्यलाई किराती मुन्धुमी भाषामा माङ्सेवा भनिन्थ्यो, सो कार्यलाई संरक्षण गर्न युवायुवतीहरुको आवश्यकता चाहिन्छ, त्यसलाई भाषी नाम नालीफूङवा रहन् पुग्यो ।

वास्तवमै मानव समुदायलाई सही मार्गनिर्देश गर्न संस्कारले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । यो संस्कारलाई मानवहरुले नजानिन्दो तरिकाले प्रयोग गर्दै आएका हुन्छन् । यसलाई अर्को भाषामा परम्परा, रीतिरिवाज पनि भनिन्छ । यो कुरा हरेक समाजमा नहित हुन्छ । जसलाई मानवहरुले जन्मनु अघिदेखि मृत्यु पर्यन्तसम्म अनुसरण गरि रहेका हुन्छ । यो परम्परा, संस्कार, संस्कृति, रीतिरिवाज जे भए पनि मानव समाजलाई चलायमान बनाई राख्ने अर्थात निष्कृय हुन नदिने दर्शन हो । यसलाई आ–आफ्नो समुदाय तथा जाति विशेषले आ–आफ्नै तरिकाले मान्ने गरिन्छ ।

यसरी सृष्टि देखिनै फरक अस्तित्व, संस्कार र संस्कृति भएका किरात समुदायको आफ्नै किसिमको संस्कार छ । जन्मनु अघिदेखि मृत्यु पर्यन्तसम्म गरिने आफ्नै प्रकारको संस्कार रहेको छ । यहीँ किरात साम्जिक मुन्धुम अनुसार किरातीहरुले जन्मनु अघिदेखि मृत्यु पछिसम्मको कर्म संस्कार विधिहरु सम्पन्न गर्दछन । यो साम्जिक मुन्धुम अनुसार धर्म संरक्षण गर्ने मूल खम्बाको रुपमा रहनेलाई नालीफूङ्वा भनिन्छ ।

किरात धर्मको मुख्य कडी किरात साम्जिक मुन्धुम अनुसार किरात धर्मावलम्वी तथा शुभचिन्तक माझसम्म र विश्व शान्ति तथा मानव एकात एव चराचर सृष्टि रक्षाको लागि र किरात साम्जिक मुन्धुम अनुरुपको दर्शन विधिलाई व्यापक रुपमा अगाडी बढाउन नालीफूङवाको वृहत समुहको आवश्यकताको महसुस भएकोले “किरात साम्यो नालीफूङवा मुजोत्लुङ् पान्जुम्भो” स्थापना गरिएको हो, थियो ।

यस पान्जुम्भोले समग्र मानव हित चराचर सृष्टिको रक्षा र भक्तजनहरुको आत्मा विश्वास र रक्षाका लागि सेवा गर्ने किरात धर्मलाई स्वदेश विदेशसम्म पु¥याउने प्रचार–प्रसार गर्ने र आम युवायुवतीहरुको सही मार्ग डो¥याउन साथै यस कार्यलाई उत्पादन गर्ने र संगठन विस्तार गर्ने “किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भो” मुख्य मेरुदण्डको रुपमा मानिनेछ । यसैलाई नालीफूङवाहरुको छाता संगठन (साझा संस्था)को रुपमा स्थापना गरिएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  १ : ३२ बजे