४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

नसानको शब्द चोत्लुङहाङको आवाजमा ‘मिम् मेत्ने’ सार्वजनिक (भिडियो सहित)



माङसेबुङ । सिङ्गिङ् रियालीटी सो मेरो भ्वाइस युनिभर्षको टप २० सम्मको यात्रा तय गरेका दर्शक स्रोताको मनमा बस्न सफल गायक चोत्लुङहाङ केदेम लिम्बूको मनमोहक आवाजमा लिम्बू भाषाको प्रेमिल गीत ‘मिम् मेत्ने’ सार्वजनिक गरिएको छ ।

सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शब्द, गायक तथा संगीतकार कमल रसाइलीको संगीतमा गायीका थोकफेला लिङदेनको समेत आवाज रहेको फरक शैलिमा तयार पारिएको गीत ‘मिम् मेत्ने’ सार्वजनिक गरिएको हो ।

थोकफेला गार्मेन्ट(बुटिक एण्ड कलेक्सन)को प्रस्तुतिमा टेकेन्द्र यक्सोको संगीत संयोजन तथा सुरेश राईको रेकर्डिङ रहेको गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन् ।

माया गर्छु प्रियसी आफु भन्दा धेरै, साथ दिन्छु प्रियसी घाम जुन रहेसम्म भन्ने भाव बोकेको गीतमा केदेम संगै थोकफेला लिङदेनले फिचरिङ गरेको भिडियोलाई इसाक जबेगुले छायांकन तथा सम्पादन गरेका हुन् । सुनिता किरातीको मेकअप र नर्वु तामाङको सहायक छायांकन रहेको भिडियो थोकफेला लिङदेन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस 

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ५ : ०६ बजे