सुर्योदय । ४१ औं विपी स्मृति दिवसको अवसरमा सुर्योदय नगरपालिकामा वृक्षारोपण गरिएको छ । ४१ औं विपी स्मृति दिवसको अवसर सूर्योदय १० स्थित श्रीकृष्ण आधारभुत विद्यालयमा वृक्षारोपण गरिएको छ ।
विद्यालय व्यवस्थापन समिति, नेपाली कांग्रेसका विभिन्न तहका नेता कार्यकर्ता समाजका अग्रज व्यक्तिको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
४१औं विपी स्मृति दिवसको उपलक्ष्यमा वृक्षरोपण कार्यक्रम सुर्योदय नगरपालिका भित्रका सबै वडामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको नगर सभापति जीवन नेपालले बताए । सुर्योदय नगरपालिकाका १४ वटै वडामा बिहान वृक्षरोपणको कार्यक्रम सम्पन्न गरेको थियो ।