४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026

किरात पापोहाङ लाओती सयङको वार्षिक साधरण सभा,वंशावली मंसिरमै विमोचन गर्ने तयारी



माङसेबुङ । किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोको पहिलो वार्षिक साधरण सभा माङसेबुङमा सम्पन्न भएको छ । सयङको केन्द्रिय कार्यालय माङसेबुङ वडा नम्बर ५ लासिङबुङमा शनिवार वार्षिक साधरण सभा सम्पन्न भएको हो ।

कार्याक्रममा  प्रगति प्रतिबेदन सचिव योगेश लाओती, आर्थिक प्रतिबेदन दुधबहादुर लाओती र वंशावली संकलन प्रतिबेदन संयोजक मनकुमार लाओतीले प्रस्तुत गरेका थिए । साधरण सभाले विविध प्रस्तावहरुमाथि निर्णय गदै यहि मंसिर १८ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको नोमाङगेन्नाको अवसरमा विमोचन गर्ने तयारीकासाथ तीब्ररुपमा वंशावलीको काम भैरहेको सयङका महासचिव सुमन लाओतीले जानकारी दिए ।

कार्यक्रम शेरबहादर लाओतीको अध्यक्षतामा भएको साधरण सभामा विभिन्न जिल्लाबाट उपस्थित लाओती दाजुभाई चेलिबेटीहरुको व्यापक सहभागितामा रहेको थियो ।

 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ४ : ५८ बजे