२ असार २०८१, शनिबार | Sat Jun 15 2024

झापाको आदिवासी रंगशालामा २९ औं विश्व आदिवासी दिवस आन्दोलनको रुपमा मनाउने



दमक । आउदो यही साउन २४ गते २९ औं विश्व आदिवासी दिवस आन्दोलनको रुपमा झापाका आदिवासी जनजातिहरुले मनाउने भएको छ

शनिबार झापाको बिर्तामोडमा आयोजित भेलाले निर्णय गरे अनुसार लखनपुरस्थित आदिवासी रंगशालामा २९ औं विश्व आदिवासी दिवस आन्दोलनको रुपमा मनाउने भएका हुन् ।
प्रदेशको नाम कोशी खारेजीको आन्दोलन जारी रहेकाले आदिवासी दिवसलाई आन्दोलनकै रुपमा मनाउने निर्णय गरिएको आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले जानकारी दिए


भेलाले दिवस मनाउनका लागि जनजाति महासंघका अध्यक्ष चौधरीको संयोजकत्वमा जातीय संस्थाका अध्यक्षहरु रहनेगरी मूल आयोजक समिति गठन गरेको छ । त्यस्तै सचिवालय समितिसंगै प्रचारप्रसार उपसमिति, मंच व्यवस्थापन उपसमिति , आर्थिक संकलन उपसमिति , खेलकुद उपसमिति , अतिथि सत्कार उपसमिति गठन गरिएको महासंघका सचिव लक्ष्मण श्रेष्ठले बताए ।कार्यक्रममा महासंघका पदाधिकारीहरु , पूर्व अध्यक्षहरु भरतकुमार श्रेष्ठ , प्रेम घिसिङ , पारसमणि राई,नेवा देय दवुका रत्नकुमार श्रेष्ठ , गुरुङ राष्ट्रिय परिषदका टीका गुरुङ, महिला महासंघकी सनम राजवंशी , आदिवासी जनजाति महासंघ बिर्तामोडका अध्यक्ष राजकुमार राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  २ : ०१ बजे