४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026

पहिचानवादीहरुले फाल्गुनन्द सभागृह पुनः नामाकरण गरे



दमक । कोशी नाम विरुद्ध खस क्षेत्री युवा मञ्चले दमकमा बाइक र्याली गरेको छ । प्रदेशको नाम कोशी खारेजीको माग गदै बिहीवार दमकमा बाइक र्याली गरेका छन् ।

दमकको भाङबारीदेखी सुरु भएको शान्तिपूर्ण बाइक र्याली गणतन्त्र चौक हुदै दमक ९ स्थित निर्माण सम्पन्न दमक सभागृहको नाम परिवर्तन गरी पहिचानवादीहरुले फाल्गुनन्द सभागृह नामकरण गरे । सभागृहबाट र्यालीसहित अघि बढेको पहिचानवादीहरुले निर्माणाधिन दमक भ्युटावरको नाम समेत शहिद लाजेहाङ नामकरण गरेका छन् ।

सो र्याली ढुकुरपानी,फाल्गुनन्द चौकहुदै दमक बजारक्षेत्र परिक्रमा गरी गणतन्त्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा धिमाल जाति विकास केन्द्रका उपाध्यक्ष केदार धिमाल, किरात राई विद्यार्थी संघ झापा जिल्ला अध्यक्ष मिलन रुम्दाली राई र खस क्षेत्री मञ्चका अध्यक्ष अशोक क्षेत्रीले सम्बोधन गरेका थिए ।

कोणसभालाई सम्बोधन गदै अध्यक्ष क्षेत्रीले भने बषौदेखि यहाँको भाषा,जाति,धर्म,माटोले न्याय मागेको बताएका थिए । उनले भने खस भाषा,पहिचानको कुरा उठाउदा बाटो छेकीछेकी आक्रमण भएकोप्रति चुनौति दिदै उनले थपे एकदिन खसको आन्दोलन उठ्नेछ यहाँ  तब पहिचान स्थापित हुने बताए ।  राई विद्यार्थी संघ झापा जिल्ला अध्यक्ष राइले प्रदेश १ को नाम रातारात तानाशाही, पञ्चेशैलीमा हजारौ बर्षदेखीको सभ्यता र महान इतिहासलाइ नामेट गदै कोशी नामकरण गरेकोप्रति आन्दोलित भएको बताए ।

त्यस्तै अर्का वक्ता केदार धिमालले पहिचान , संघियताको बारेमा विभिन्न देशको उदाहरण दिदै संघियताको बारे प्रष्टयाएका थिए । उनले भने , ‘यो देश समृद्ध बनाउनु छ भने यहाँको भाषा,धर्म,सस्कृति र सभ्यतालाई जबसम्म सम्बोधन गरिदैन तबसम्म यहाँ आन्दोलन भैरहने बताए ।’

फाल्गुनन्द सभागृह  नामकरण

दमक नगरपालीका ९ मा निर्माण सम्पन्न दमक सभागृहलाई बिहिवार कोशी नामको विरोध गर्दै बाइक र्यालीसहित पुगेका पहिचानवादीहरुले फाल्गुनन्द सभागृह  नामकरण गरेका छन् । फाल्गुनन्दको नाममा शिलान्यास गरि निर्माण गरिएको सभागृहको नाम  परिवर्तन गरी दमक सभागृह राखेको प्रति विरोध गदै पहिचानवादीहरुले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको नाममा पुनः नामकरण गरेका छन् । पहिचानवादीहरुले गेटमा फाल्गुनन्द सभागृह लेखेर साइनबोर्ड समेत राखेका छन् ।

पछिल्लो समय सभागृहको नाम परिवर्तन गरेर दमक सभागृह राखेसंगै सरोकारवालाहरुले विरोध गदैं आइरहेका छन् ।

महागुरु फाल्गुनन्द सभागृहकाे २०७३ जेठ २८ गते विशेष कार्यक्रम आयोजना गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सो सभागृहको शिलान्यास गरेका थिए । सो कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको समेत उपस्थित गराइएको थियो ।

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ५ : १३ बजे