२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

थोकफेला र शम्भुको आवाजमा पालाम ‘काबेली खोला’ सार्वजनिक (भिडियो)



माङसेबुङ । गायिका थोकफेला लिङदेन र गायक शम्भु फोम्बोको आवाजमा पालाम ‘काबेली खोला’ सार्वजनिक भएको छ ।  एस.पी. निङलेकुको शब्द संकलन तथा बिरु थेगिमको लय संकलनमा सृजना जबेगु र विवस नेम्बाङको समेत आवाज रहेको पालाम थोकफेला लिङदेन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

माङसेबुङमा छायांकन गरिएको पालाममा थोकफेला लिङदेन, इङ्सो साम्बा, रञ्जिता बोखिम राई, शान्ता बलम्पाकी, टिना खालिङ, सन्तोष सुहाङ, सुकमान कुलुङ राई, चन्द्र लिङदेन, कल्पना चाम्लिङ राई, रनविर लिङखिम, देशहाङ खवाहाङ र आर्जु ताप्मादेन लिम्बूले अभिनय गरेका छन् । मनोज साङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको पालामलाई राजु कार्कीले मिक्सिङ गरेका हुन् । कृष्ण थलङको छायांकन तथा सम्पादनमा नाम्बिनहाङ लिङदेनको ड्रोन र सुनिता किरातीको मेकअप रहेको छ ।

पालाम हेर्नुहोस्…

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : ०१ बजे