२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

नालीफूङवाको २३ औं स्थापना दिवस शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी मनाइयो



माङसेबुङ ।  इलामको माङसेबुङ ५ मा किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको २३ औं स्थापना दिवस मनाएको छ । शुक्रबार पान्जुम्भोको केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति अध्यक्ष केहेरसिं योङहाङ, विशेष अतिथि माङगेन्ना उपाध्यक्ष होमबहादुर लिङदेन र माङसेबुङ गाउँपालिका वडा नं ५ का वडाध्यक्ष नरेन्द्रकुमार राईले शुभकामना आदानप्रदान कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

अतिथिहरु किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति सदस्य पूर्ण कार्की ढोली, किरात साम्जीक मुन्धुम निसामहिमका तुम सिक्साम्बा ललितचन्द्र फियाक, किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष बलराम खजुम, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेम, किरात साम्यो हक्चात यक्चुम अध्यक्ष मनकुमार आङबुहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वि.स. २०५८ साल साउन १९ गते नालिफुङवाको स्थापना भएकोले दिनलाई वर्षेनी स्थापना दिवसको रुपमा भव्य कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । यसरी स्थापना दिवस मनाउने क्रममा यस वर्ष शुभकामना आदानप्रदान कार्यक्रम गरी पान्जुम्भोको स्थापना दिवस मनाइएको पान्जुम्भोका अध्यक्ष पृथिमान खालिङ राईले बताए ।

यसैगरी पान्जुम्भोको स्थापना दिवसको अवसरमा पान्जुम्भोको तल्लो तह थुम पान्जुम्भो (जिल्ला समिति), पाङभे पान्जुम्भो (गाउँ समिति) हरुले पनि आ आफ्नो क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको जनाइएको छ । किरात साम्यो नालिफुङवा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष पृथीमान खालिङको अध्यक्षतामा सम्पन्न २३ औं स्थापना दिवस कार्यक्रममा सदस्य सविन साम्पाङले स्वागत मन्तव्य राख्नुभएको थियोे भने सचिव लोकेन्द्र कार्की ढोलीले कार्यक्रम सञ्चालन गरेको थियोे ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : २० बजे