दमक । प्रदेश नम्बर १ सरकारले बुधबार सार्वजनिक बिदा दिने भएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने भएको हो । अगष्ट ९ लाई अन्तरराष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर बिदा दिएको प्रदेश सरकारले जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरेरै बिदाको जानकारी दिएको हो ।
२३ श्रावण २०८०, मंगलबार
189
Shares